Banner News

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले नेकपा आधिकारिकताको विषयमा गरेको फैसलालाई मान्ने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले गरेको फैसलाका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब एमाले र माओवादी ब्युँताउने हो भन्ने प्रश्नमा ओलीले आफूले फैसलाको पूर्णपाठ हेर्न नपाएको प्रतिक्रिया दिनुभयो ।

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरेको छ ।