समाचार

आजको मौसम



काठमाडौँ, २४ फागुन । आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ । देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । यता, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।