मोरङ, २६ फागुन । विराटनगरबाट मानव बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका-१६ दक्षिण गेटबाट सोही महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगरलाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोकका दुईजना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्