वीरगञ्ज, २९ फागुन । वीरगञ्जबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा प्रहरीले चेकजाँच गर्दा जिल्ला दोलखा झुले गाउँपालिका- २ घर भई चितवन टाँडी नगरपालिका- २ बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका- ३ बस्ने ३५ वर्षीय विकाश लामालाई पक्राउ गरेको हो ।
बसमा सवार सुरज कार्की लागु पदार्थ सेवन गरी लठ्ठ परेको अवस्थामा थिए । शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरि वीरगञ्ज- १६ इनर्वा भन्सार मुख्य गेटमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जको टोलीले नियमित सवारी चेकजाँच गरिरहेको थियो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना४४प २६५७ नं.को स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएको थियो ।स्कुटीको अगाडिपट्टी खाली भागमा राखिएको सेतो बोराभित्र तथा बोकेको कमब्याट झोलाबाट बरामद लागुऔषध विनसिरेक्स १ सय एमएलको २४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद गरेको थियो ।
दुवैजनालाई लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्