बाँकेमा, २९ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ ।
गएराति ना३ख ९७५९ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजनाको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पुर्याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्