काठमाडौँ, २९ फागुन । थप ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार १ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय १५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७१ हजार २ सय ४९ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्