काठमाडौँ, १ चैत । आज देशमा स्थानीय र पश्चिमी वायुसमेतको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरुको मौसम सफा रहेको छ ।
आज दिउँसो वाग्मती प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।
यस्तै, आज राति गण्डकी प्रदेश र प्रदेश नम्बर–१ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू–भागहरुको मौसम सफा रहने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्