सिराहा, १ चैत । सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्