समाचार

पशुपतिमा सुनको जलहरी राख्न पाइने सर्वोच्चको आदेश



काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्न पाइने आदेश गरेको छ । यसअघि सुनको जलहरी नराख्न सर्वोच्च आफैले जारी गरेको अल्पकालीन अन्तरिम आदेश सोमबार खारेज गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश आज गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी राख्ने घोषणा गरेका थिए । तर सरकारको उक्त कदम रोक्न माग गर्दै पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नीतीका ढुंगानाले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिसकेपछि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नराख्न अल्पकालीन आदेश गरेको थियो । पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता, प्राचीन स्मारक संरक्षण ऐनको कुरामा छलफलबाट टुंगो नलागेसम्म पशुपतिनाथभित्र सुनको जलहरी लगाउने कार्य नगर्नूरनगराउनू भनी अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

प्रदेशसभा सदस्य नरोत्तम वैद्य, अधिवक्ता नितिका ढुंगानाले जलहरी नलगाउन माग गर्दै फागुन १० मा रिट निवेदन दर्ता गरेका थिए ।