समाचार

मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, ४ चैत । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानीमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति बा ५ ख १८२ नम्बरको मिनि ट्रकको ठक्करबाट प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकलका चालक काठमाण्डौ घर भइ अहिले चाँगुनारायणमा बस्ने २७ वर्षका सुरज कुइंकेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेलुका साढे पाँच बजे दुर्घटनामा गम्भीर घाइते भएका कुइंकेलको ६ बजे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो । मिनिट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।