Banner News

गुट भेलामा जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय



काठमाडौँ, ५ चैत । नेकपा एमालेका संसदीय दलको बैठकले कुनै पनि गुटको बैठकमा गई पार्टीभित्र समस्या पैदा गर्ने जो सुकै सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर, दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले बताउनुभयो । त्यस्तै आजकै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।