Banner News

उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेका छौं: मन्त्री अर्याल



काठमाडौँ, ५ चैत । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले उखु किसानको भुक्तानी समस्याको दीर्घकालीन समाधान निकालेको दाबी गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले आफूले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यालाई तत्काल गर्न सकिने र दीर्घकालीन समस्या के हुन सक्छ भनेर अध्ययन गराएको बताउँदै उहाँले किसानहरुको भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको दाबी गरिन् । कृषि मन्त्रालय आफैंले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैयाँसमेत किसानको खातामा गएको बताउनुभयो ।

किसानहरुले फेरि भुक्तानी नपाउने समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने मन्त्री अर्यालले जानकारी दिँदै किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्था उखु किसान दर्ता हुनासाथ हट्ने दाबी छ ।