Banner News

थप १०७ जनामा कोरोना संक्रमण, ५२ जना डिस्चार्ज



काठमाडौँ, ५ चैत । थप १ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार रहेको छ ।

मन्त्रालयका अनुसार आज ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७१ हजार ६ सय १० जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार १५ जना पुगेको छ ।