राजनीति

घट्दा पनि ग्यासको मूल्य आठ हजार



काठमाडौँ, ६ चैत । सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ तर मूल्य घट्दा पनि प्रतिसिलन्डिर आठ हजार रुपियाँ तिर्न उपभोक्ता  बाध्य छन् ।

जिल्लाका दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि ४० प्रतिशत मूल्य घटेको हो । एउटा  ग्यास  सिलिन्डरको मूल्य आठ  हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन् ।

यसअघि सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिन्डर  १४  हजार थियो । करिब ४० प्रतिशत मूल्य घटेपछि  ग्यास प्रयोग गर्न थालिएको उनले बताए ।  मूल्य घटेपछि  हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेको सङ्ख्यामा पनि बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।