काठमाडौँ, ७ चैत । आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं २ का एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १ को पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्