विश्व

म्यान्मारमा बीबीसीका पत्रकार आङ् थुरा पक्राउ



काठमाडौँ, ७ चैत । बीसीसीका म्यानमारस्थित संवाददाता पक्राउ परेका छन् ।

म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा समाचार संकलनका लागि पुगेका बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरा पक्राउ परेको बीसीसीले जनाएको छ ।

राजधानी नेपिद्अमा एउटा अदालतबाहिरबाट उनलाई सादा पोशाकमा आएका पुरूषहरूले शुक्रबार नियन्त्रणमा लिएका हुन् । उनलाई पक्राउ गरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजीमा सहयोग गर्न बीबीसीले आग्रह गरेको छ ।

‘म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,’ बीबीसीले भनेको छ,‘बीबीसीले म्यान्मारस्थित आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको छ र आङ् थुरालाई खोज्न हरसम्भव प्रयास गरिरहेको छ ।’