समाचार

आजको मौसम



काठमाडौँ, ८ चैत । आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा  आंशिकदेखी सामान्य बदली हुने र देशको बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।