काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरुको नियमन आवश्यक रहेको बताएका छन् ।
आज सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरुको नियमन गर्नु आवश्यक रहेको औंल्याए ।
उनले भने, ‘सामाजिक रुपान्तरणको निम्तिभन्दा पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरुमा पनि व्यक्तिको आफ्नो चुनावप्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ,’ ‘सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार रेडियो चलेको छ कि छैन, त्यो एकपटक फेरि समीक्षा गर्ने कि नगर्ने ? रेडियोको स्थापना र उद्देश्य अनुरुप छ कि छैन त्यो कुराको पनि एकपटक समीक्षा गरौं ।’










प्रतिक्रिया दिनुहोस्