काठमाडौँ, १० चैत । फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौँका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको टेकु अस्पतालले जनाएको ।
अस्पतालका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने बताइएको छ ।
निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । सोमबार टेकु अस्पतालमा ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।अहिले ४ जना संक्रमित आईसीयूमा र ६ जना वार्डमा छन् ।










प्रतिक्रिया दिनुहोस्