Banner News

थप १२० जनामा कोरोना संक्रमण, ८५ जना डिस्चार्ज



काठमाडौँ, १२ चैत । थप १ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय १७ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार २ सय ७२ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको छ ।