file photo काठमाडौँ, १३ चैत । आज दिउँसो काठमाडौंको आकाशमा तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएसगै आउने र जाने दुवैथरी रोकिएको छ ।
यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने विमानस्थलले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्