समाचार

भारतबाट आएका दुई जनामा कोरोना पुष्टि



बर्दिया, १५ चैत । बाँकेको जमुनाह नाका हुँदै घर फर्किएका बर्दिया र रोल्पाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार शनिबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । भारतको गुजरातमा काम गर्दै आएका बढैयाताल गाउँपालिका–१ डाँफेका ४१ वर्षीय पुरुष र महाराष्ट्रबाट फर्किएका रोल्पाका ४८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

दुवैको जमुनाह नाकामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई आ–आफ्नै घरमा आइसोलेसनमा राखिने सूचना अधिकारी श्रेष्ठले बताए ।