काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।
आज रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला। साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’ सरकारले वृद्धवृद्धालाई हेर्न थालेकोमा मानिसहरूलाई छटपटी लागेको उनले बताए ।
उनले नेपालले आफ्नै रेल किनेर सञ्चालन गर्न लागेको पनि बताएका छन् । ‘रेल किनेर ल्याइसकेको छ । सञ्चालन छिट्टै हुन्छ,’ उनले भने। हुलाकी राजमार्गलगायतका राजमार्ग निर्माणका काम भइरहेको बताए । उनले सडक सबै ठाउँमा पुर्याइँने भन्दै हुम्लामा पनि छिट्टै सडक पुग्ने बताए ।










प्रतिक्रिया दिनुहोस्