Banner News

अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौँ, २७ चैत । स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ । यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ ।

कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । लकडाउनमा जाने अवस्था आउन नदिन यस्तो गर्नुपरेको बताइएको छ  ।

तर शिक्षा मन्त्रालयले यसअघि नै कार्यढाँचा तयार पारिएकाले सम्बन्धित स्थानीय तहले नै विद्यालय खोल्ने कि नखोल्ने निर्णय गर्न सक्ने बताएको छ ।