काठमाडौँ, २९ चैत । गृहमन्त्री रामबहादुर थापा बालदको विशेष पहलमा सरकारद्वारा खासगरी १० वर्षे सशस्त्र द्वन्द्वमा संलग्न भई समायोजनमा नपरेका र अयोग्य पूर्वलडाकुलाई केन्द्रीत गरेर सम्मान दिन लागिएको हो ।
सरकारले २०४६ को जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका शान्तिपूर्ण र सशस्त्र आन्दोलनमा सहभागीलाई ‘लोकतान्त्रिक योद्धा’ बाट सम्मान गर्ने तयारी गरेको छ । ‘सरकारले अग्रगामी लोकतान्त्रिक परिवर्तन’ का लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने सहिद तथा बेपत्ता व्यक्तिका परिवार, द्वन्द्वपीडित, विस्थापित, अंगभंग भएका व्यक्ति, घाइते तथा पीडितलाई सम्मान गर्न लागेको हो ।
त्यसका लागि मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा केन्द्रमा र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने गरी ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति २०७७’ गठन गरि विवरण संकलन गरिरहेको छ । प्राप्त विवरणका आधारमा मन्त्री परिषद्ले सम्मान पाउनेको नामावलीको अन्तिम टुंगो लगाउने छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले २०४६ पछिका विभिन्न राजनीतिक र लोकतन्त्रका लागि सहभागी हुँदा ज्यान गुमाएका, अंगभंग, विस्थापित, सशस्त्र द्वन्द्वका लडाकुलगायतको विवरण अद्यावधिक भइरहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्