समाचार

थप तीनजना कोरोना संक्रमितको मृत्यु



बुटवल, ३० चैत । कोरोना संक्रमणबाट लुम्बिनी प्रादेशिक अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ ।

आज बिहान कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी अर्घाखाँची, मालारानी  गाउँपालिका–५ की  ७९ वर्षीय महिलाको बिहान पौने ८ बजेको समयमा  मृत्यु भएको हो । उनी ज्वरो र दमको समस्याका कारण सो अस्पतालमा  चैत २७ गते भर्ना भएकी थिइन् ।

तसते आज बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीय महिला र कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ का ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको सो अस्पतालले जनाएको छ ।