Banner News

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने



काठमाडौँ, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने तय भएको उहाँको सचिवालयले जनाएको छ ।

सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुहुने बताइएको छ । कोराना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम ग¥यो र के उपलब्धी हासिल गर्‍यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने स्रोतले बताएको छ ।