Banner News

कोरोना खोप लगाएकालाई दोस्रो डोज वैशाख ७ देखि दिइने



काठमाडौँ, ३१ चैत । सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई  दोस्रो डोज खोप आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले भारतमा उत्पादित कोभिसिल्ड  खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई  लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।