बुटवल, १ बैशाख । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ ।
गएराती पत्रिकाको काम सकेर लु५९ प ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेललाई चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पौडेल स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यररत थिए । उनी इन्सेकका जिल्ला प्रतिनिधि पनि हुन् । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उनी प्रदेश कोषाध्यक्षका उम्मेदवार थिए । ठक्कर दिनेे ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्