समाचार

घुस लिएको अभियोगमा मालपोत अधिकृत जोशीविरुद्ध मुद्दा दायर



काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार जग्गा नामसारी तथा अंशबण्डा गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले जोशी रु २४ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

आयोगले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।