समाचार

थप ५३४ जनामा कोरोना संक्रमण, १५७ जना डिस्चार्ज



काठमाडौँ, २ बैशाख । थप ५ सय ३४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८२ हजार ५४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४३ सय ८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७५ हजार ६ सय ४ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ६६ जना पुगेको छ ।