समाचार

लन्डनमा एक नेपाली पक्राउ



लण्डन, ३ बैशाख । लण्डनमा लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

न्यूज शोपरका अनुसार साउथइस्ट लण्डनस्थित प्लमस्टिड हर्बर्ट रोड बस्ने ३३ बर्षीय अमित अधिकारी हेरोइन र क्रयाक कोकिन आपूर्तिको अभियोगमा पक्राउ परेका हुन् ।  उनका साथमा लन्डनस्थित स्प्रिंगफिल्ड ग्रोभ चर्ल्टन बस्ने १९ बर्षीय समातर शर्माइकेलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुलाई गत शुक्रबार ९ अप्रिलका दिन नियमित गस्तीमा खटिएका इन्स्टिच्युट रोड नजिक लागू औषध कारोवार गरिरहेको अवस्थामा भेटेको  समाचारमा उल्लेख छ । आरोपित दुवै जनालाई गत १२ अप्रिलमा मिडवे म्याजिस्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हाल हिरासतमा रहेका ति दुई युवालाई आउँदो मे १० मा मेडस्टोन क्राउन कोर्टमा उपस्थित गराइने समाचारमा उल्लेख छ ।