समाचार

थप ९०० जनामा कोरोना संक्रमण, २०८ जना डिस्चार्ज



काठमाडौँ, ३ बैशाख । थप ९ सय जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ जना रहेको छ । मन्त्रालयका अनुसार आज २ सय ८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना रहेको छ । आज ४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ७० जना पुगेको छ