राजनीति

प्रधानमन्त्री ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठक आज बालुवाटारमा बस्दैछ ।

प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका गर्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज विहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने छ । संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्या लगायत विषयमा दलहरूको सुझाव लिन बैठक गर्न लागिएको हो ।

बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका सहभागी हुने छन् । तर माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने बैठकमा नजाने बताउनुभएको छ । बालुवटारमा नजाने तर सोही बैठक सिंहदरवारमा बसे आफ्नो सहभागिता हुने बताउनुभएको स्रोतले जनाएको छ ।

यसअघि, गत मंसिर २३ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।