काठमाडौँ, ७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ३२ सांसदलाई स्पष्टीकरण सोध्नुभएको छ ।
अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका ५ जना गरि ३२ जनालाई स्पष्टीकरण सोध्नुभएको हो । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि गरेको गरेको भन्दै उहाँले पठाएको पत्रमा सोधिएको छ, ‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’
पत्रमा यस्ता गतिविधि कायम रहे जुनसुकै बेला थप कारबाही हुनसक्ने चेतावनी दिइएको छ । स्पष्टीकरण सोधीएका सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने, रामकुमारी झाँक्री रहेको बताइएको छ ।
त्यस्तै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा, देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ । प्रदेश र संघीय सांसद गरि जम्मा ३२ जनालाई स्पष्टीकरण सोधिएको हो ।










प्रतिक्रिया दिनुहोस्