काठमाडौँ, ८ बैशाख । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष उमेर समूहका ४३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।










प्रतिक्रिया दिनुहोस्