समाचार

थप एकजना कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज, ९ बैशाख । वीरगञ्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।