समाचार

१ किलो चरेशसहित होटल संचालक पक्राउ



काठमाडौँ, १० बैशाख । कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई १ किलो चरेश सहित प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई आफ्नै होटलबाट १ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।