मकवानपुर, १२ बैशाख । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्चरो प्रहार गरी आफ्नै बाबुको हत्या गरिएको छ ।
कैलाश-३ कटुञ्जेमा छोराले बञ्चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो । सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई बञ्चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्