Banner News

एमालेले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जनजागरण अभियान चलाउने



काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय तथा महाधिवेशन आयोजक कमिटी बैठकले कोभिड १९ संक्रमितहरुलाई सहयोग गर्न जिल्ला तथा गाउँमा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो आव्हान गरेको हो ।

प्रधानमन्त्रीले जिल्ला जिल्लामा हेल्प डेस्क राख्ने, गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको कोभिड म्यानेजमेन्ट सेन्टरसँग मिलेर अभियान चलाउन  निर्देशन दिएका छन ।