Banner News

थप ३५ सय ५६ जनामा कोरोना संक्रमण: १२ जनाको मृत्यु



काठमाडौँ, १३ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार दुई सय ९३ जनाको परिक्षण गर्दै ३५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै हालसम्म संक्रकितको संख्या तीन लाख तीन हजार पाँच सय ६१ पुगेको छ । त्यस्तै आज तीन सय ७८ जना संक्रमितहरु निको भएका छन् । यो सँगै निको हुनेको संख्या दुई लाख ७७ हजार नौं सय ५१ पुगेको छ ।

त्यस्तै २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या तीन हजार एक सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।