काठमाडौँ, १४ वैशाख । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी ९चिनियाँ मुद्रा ५० लाख० को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।
मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।










प्रतिक्रिया दिनुहोस्