समाचार

भूकम्पको धक्का



काठमाडौँ, १५ बैशाख । काठमाडौँमा गएराति भूकम्प गएको छ । कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महसुस गरिएको थियो । २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ ।