काठमाडौँ, १६ बैशाख । हाल देशको पूर्वी भू-भागमा न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका तराईका भु-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्