एजेन्सी, १८ बैशाख । भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको र उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन् भने मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।
आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्