समाचार

देशभर आंशिकदेखि सामान्य बदली



काठमाडौँ, १९ बैशाख । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल काठमाडौँ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

त्यस्तै प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।