भक्तपुर, २० वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइसरस)को संक्रमणका कारण ठूलोमात्रामा मानविय क्षती भइरहेको समयमा नेपालमा पनि संक्रमणका कारण संकटको समय बनेको छ । ‘जहाँ समस्या त्यहाँ राष्ट्रिय युवा संघ’ भन्ने कुरालाई पुनः स्थापीत गर्दै भक्तपुरमा संघको पहलमा मानवीय आस्था नेपालको सहयोगमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न प्रकारका स्वास्थ्य सामाग्री तथा जनचेतनामूलक कार्यहरु गरिएको छ ।
देशव्यापी रुपमा जनचेतानमूलक कार्यहरु गर्ने संघको अभियानमा भक्तपुरमा भने मानवीय आस्था नेपाल पनि जोडिन पुगेको छ । नेकपा एमालेको १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्वमा रहेको मानवीय आस्था नेपालले अघिल्लो पटक सरकारले गरेको लकडाउन/निषेधाज्ञाको समयमा समेत लाखौंको स्वास्थ्य सामाग्री, खाद्यान्नलगायतका वस्तुहरु वितरण गरेको थियो । घर घरमा खाद्यान्न सामाग्री पुर्याई भक्तपुरमा वसोवास गर्ने सम्पूर्ण जनताको सारथीको रुपमा परिचित भएको मानविय आस्था नेपालले अहिलेको निषेधाज्ञामा समेत विशेष भूमिका निर्वाह गर्न थालेको छ ।

पूर्ण रुपमा सरकारले तोकेको मापदण्डलाई पालना गर्दै फ्रण्ट लाईनमा खट्ने सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको आयोजनकले जनाएको छ । देशभर आफ्नो संगठनको अभियान रहेको उल्लेख गर्दै जहाँ समस्या हुन्छ, त्यहाँका सम्पूर्ण नागरिकहरुले तोकिएको व्यक्तिलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । कोरोनाको संकटाको समयमा गास, वास तथा कपास मानविय जीवनको अपरिहार्य रहेको उल्लेख गर्दै संघले ‘सक्नेले दिने नसक्नेले लिने’ नीतिका साथ मानविय भावनालाई आत्मसात् गरी अगाडी बढ्नलाई अपिल समेत गरेको छ ।
नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि आफ्नो घर परिवारको समेत पर्वाह नगरी रात, दिन नभनी २४ सै घण्टा भक्तपुरे जनताको सेवामा खट्ने जनपद, अनुसन्धान र सशस्त्र प्रहरीहरुको सुरक्षाका लागि राष्ट्रिय युवा संघ नेपालको पहलमा, संघका इन्चार्ज समेत रहनुभएका सांसद वस्नेतको बस्नेत संरक्षक रहेको संस्था मानवीय आस्था नेपालको सहयोगमा चार ठाँउमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

वितरण गरिएका सामाग्रीहरुमा
१. सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोट भक्तपुरका लागि माक्स २ हजार पिस, फेससिल १३० पिस, स्यानिटाइजर ५ लिटर
२. महानगरीय प्रहरी परिसर भक्तपुरका लागि माक्स ९५० पिस, फेससिल ५० पिस, स्यानिटाइजर ५ लिटर
३. महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका लागि, माक्स ९५० पिस, फेससिल ५० पिस, स्यानिटाइजर ५ लिटर
३. महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरका लागि माक्स ९५० पिस, फेससिल ५० पिस, स्यानिटाइजर ५ लिटर
४. राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भक्तपुरका लागि माक्स २५० पिस, फेससिल २५ पिस, स्यानिटाइजर ५ लिटर वितरण गरिएको छ ।

संघको राष्ट्रिय अभियान अन्तर्गत भक्तपुर जिल्लामा सांसद बस्नेतको नेतृत्वमा संघका अध्यक्ष बचनबहादर सिं, सहअध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य, महेश चौलागाई, विदुर खड्का लगायतको सहभागिता रहेको थियो ।
सम्पर्क गरि सहयोग गरिदिनुहुन अनुरोध
काठमाडौं, रमेश आचार्य-9851090872, ललितपुर क्षितिज थेवे-9841558901, भक्तपुर अशोक चौलागाईं -9851194457, झापा पर्बत भण्डारी -9851249799, सुनसरी सीता सुवेदी -9842066076, मोरङ बिजय डाँगी -9842043432, धनुषा संजिव कुमार झा-9851157444, बारा+पर्सा मोविन आलम -9841487079, चितवन प्रताप डल्लाकोटी-9855062206, कास्की महेन्द्र गुरुङ -9856023099, रुपन्देही सुमन पुरी-9851013701, दाङ माधव ओली, बाँके+बर्दिया रबिन्द्र लम्साल-9851045154, कैलाली अरुण कुँवर -9851190257, कञ्चनपुर मिलन सिंह -9866244448, बाँकी जिल्लामा संघको जिल्ला कमिटिका सम्पुर्ण अध्यक्ष/आयोजक कमिटि संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ |












प्रतिक्रिया दिनुहोस्