पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मुख्यमन्त्री गुरूङको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । उहाँको मंगलबार स्वाब दिएको थियो । उहाँलाई कोरोना पुष्टी भए लगत्तै गण्डकी प्रदेशका सभामुख र संसदीय दलका नेताहरु कन्ट्याक्ट टेसिङमा तानिनुभएको छ । प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले मंगलबार बोलाएको संसदीय दलको बैठकमा मुख्यमन्त्री गुरूङ सहभागी हुनुहुन्थ्यो ।
उक्त बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्य सहभागी हुनुहुन्थ्यो । यसअघि मुख्यमन्त्री गुरूङले गत शुक्रबार काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको थियो ।
कोरोना संक्रमण भएका मुख्यमन्त्री गुरूङ होम आइसोलेसन बस्नुभएको छ । उहाँलाई हालसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन । उहाँलाई ६ दिनअघि नै कोरोना संक्रमण पुष्टी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्