Banner News

थप ८६५९ जनामा कोरोना संक्रमण, १९९३ जना डिस्चार्ज



काठमाडौँ, २२ बैशाख । थप ८ हजार ६ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख  ५९ हजार ६ सय १० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १९ सय ९३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना रहेको छ । आज ५८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३४  सय ७५ जना पुगेको छ ।