काठमाडौँ, २३ बैशाख । आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको हो ।
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ ।
आज मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने र प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्